ह्युमन प्यापिलोमा भाईरस (एच.पि.भि.) खोप

            ह्युमन प्यापिलोमा भाईरस (एच.पि.भि.) महिला र पुरुष दुबैलाई असर पर्ने सामान्य भाईरस हो । विभिन्न देशहरुमा गरिएको अध्ययन अनुसार महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाईरस (एच.पि.भि.) नामक भाईरस हो । पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एच.पि.भि. ले गराउदछ । त्यसैले यो रोगबाट बच्नको लागि सबैभन्दा प्रमुख उपाय नै एच.पि.भि. खोप लगाउनु हो ।


एच.पि.भि. खोपको परिचय

पाठेघरको क्यान्सर रोगबाट बचाउन एच.पि.भि. भाइरस विरुद्द दिइने खोप नै एच.पि.भि. खोप हो । विश्वमा मुख्यत ३ प्रकार (bivalent, quadrivalent, and nonavalent vaccine) का एच.पि.भि. खोप प्रचलिमा रहेका छन । हाल नेपालमा प्रयोग गर्न लागिएको Cecolin खोप bivalent हो र यसले पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख भाइरस प्रजाती १६ र १८ का कारणले हुने पाठेघरको मुखको क्यान्सर रोग न्यूनिकरण गर्न प्रभावकारी रहेको अध्ययनले देखाएको छ । यो खोप विशेषत: ९ देखि १४ बर्ष उमेर समहुका बालबालिकाहरुलाई २ मात्रा दिईन्छ । यो खोपको प्रयोगबाट cervical cancer, cervical intra epithelial neoplasia grade 1, 2 र 3 र adeno carcinoma in-situ जस्ता रोगहरुबाट बचाउन सकिन्छ ।



एच.पि.भि. खोपको मात्रा

यो खोप तयारी झोलको रुपमा उपलब्ध हुन्छ ।

➥ यो खोपको मात्रा ०.५ मि.लि. हो ।


एच.पि.भि. खोप दिने विधि

➽ यो खोप दिनु भन्दा अगाडी खोपको भायलमा भएका सबै तत्व घुलिनको लागि भायललाई तल माथी हल्लाउनु पर्दछ ।

➽ यो खोप सईुको माध्यमबाट मासुभित्र (Intra-Muscular) दिनु पर्दछ ।

➽ बाँया पाखुराको बीच बाहिरी भागमा दिनु पर्दछ ।


खोपको प्रभावकारिता 

९५%


खोप दिन नहुने अवस्था

🅧 यदि कुनै व्यक्तिमा एच.पि .भि. खोपको Component को गम्भीर एलर्जी भएमा वा एच.पी.भि. खोपको पहिलो मात्रा लिएर Anaphylaxis भएमा

🅧 गर्भवती महिला


एच.पि.भि. खोप  कोल्ड चेन व्यवस्थापन

एच.पि.भि. खोप चिसोबाट संवेदनशील (Freeze sensitive) हुन्छ । त्यसैले यो खोपलाई कदापि जम्न दिनु हुँदैन।

☞ एच.पि.भि. खोपलाई सधै +२° देखि +८° से. तापक्रममा भण्डारण गर्नुपर्छ ।

☞ खोप ढुवानी, वितरण र संचालन गर्दा कोल्ड बक्स र भ्यान्क्सि क्यारियरमा सधै कन्डिसनिङ गरेको आइसप्याक प्रयोग गर्नु पर्दछ ।

☞ भ्याक्सिनका भायलहरु कोल्ड बक्समा राख्दा सधै जीपलकमा राखेर मात्र भण्डारण  गर्नुपर्छ ।

☞ खोपको भण्डारण, वितरण र खोप संचालन गर्दा अनिवार्य VVM को अनुगमन गरेर (VVM १, २ मा रहेको) मात्र प्रयोग गर्नुपर्दछ ।


स्रोतहरु

१. पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्रणको लागि खोप अभियान तथा नियमित खोपमा एच.पि.भि. (HPV) खोप शरुुवात सम्बन्धि कार्यक्रम संचालन निर्देन्शका, २०८१/८२ (नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा)

२. ह्युमन प्यापिलोमा भाईरस (एच.पि.भि.) खोप (NSW Health)

Post a Comment

Previous Post Next Post